Logo जेठ ३०, २०७८ आइतबार


‘राष्ट्रपतिज्यू, ज्ञानी र असल भन्दै हत्यारालाई उन्मुक्ति दिन मिल्छ ?’

बुटवल। २०६८ सालमा जेलभित्रै चितवनका शिवप्रसाद पौडेलको हत्या गरेका मानिसलाई प्रजातन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी दिइएपछि पौडेलकी पत्नी बिनु रायमाझी पौडेलले राष्ट्रपतिमाथि गम्भीर प्रश्न तेर्स्याएकी छन् । बिनुले मान्छे मारेर जेल परेका व्यक्तिलाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपतिज्यू ? भन्दै प्रश्न गरिरहेकी छन् ।

पौडेलको हत्यारा प्रमाणित भई जेल सजाय भोगिरहेका फणीन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तानलाई प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते आममाफी दिइएपछि बिनुले न्यायका लागि फेरि लड्ने बताएकी हुन्।

‘मेरा पतिका हत्यारालाई के आधारमा जेलबाट छोडियो ? आफ्नो पार्टी फुट्यो, कार्यकर्ता कम भए भनेर राष्ट्रपति, प्रधानमन्त्रीले हत्यारा प्रमाणित भइसकेका व्यक्तिहरूलाई जेलबाट निकाल्ने ? यो देशमा न्याय, कानुन केही छैन ? के अब म पनि मेरा पतिका हत्यारालाई मारेर जेल जाऊँ ? अनि म आबद्ध पार्टीको सरकार बन्यो भने आममाफी लिएर फर्किऊँ ? छातीमा हात राखेर सोच्नुस् त तपाईंहरूलाई स्वीकार्य हुन्छ ? मान्छे मारेपछि सजाय भोग्नुपर्दैन ? दुई-दुईजनाको हत्या गर्नेलाई उन्मुक्ति दिन मिल्छ राष्ट्रप्रमुखले ?’ यसरी बिनुले राष्ट्रपतिमाथि प्रश्नको वर्षात गरेकी छन् ।

२७ वर्षको उमेरमा बिनुले पति गुमाउनु परेको थियो । चितवनको केराबारीमा भएको एक व्यक्ति हत्या मुद्दामा उनका पति २०६८ भदौमा जेल परेका थिए। परिवारका सदस्यले त्यो हत्यामा उनलाई फसाइएको दाबी गर्दै आएका छन् । थुनछेक बहसका लागि कारागार चलान गरिएका शिवलाई मंसिर २० गते राति सुतिरहेका बेला चक्कु, खन्ती, चापाकलको झाप र रडले कुटपिट गरिएको थियो।

कुटपिट लगत्तै गम्भीर अवस्थाका पौडेललाई चितवनकै सरकारी अस्पताल लगिएको थियो। चिकित्सकले त्यहाँ उपचार नहुने भनेपछि पुरानो मेडिकल कलेजमा उपचारका लागि लगियो र केही दिनपछि काठमाडौं लगियो। तर पुस २ गते उनलाई मृत घोषणा गरियो। जेलभित्र भएको उक्त घटनाबारे अहिले पनि जेल र अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी खुलेर बोल्दैनन्। नागरिक दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…