Logo फाल्गुन १८, २०७७ मंगलबार


मदन भण्डारी नेपाली राजनीतिको महत्वपूर्ण मार्गनिर्देशक: मुख्यमन्त्री पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक अन्तक्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको बताउनुभयो ।

फाउण्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएकाले सफल नेतृत्व प्रदान गरी यसलाई जनतामाझ लैजानुपर्ने उहाँको भनाइ थियो । जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो ।

फाउण्डेशनका केन्द्रीय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशका नेकपा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एवं फाउण्डेशनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।