Logo जेठ १, २०७८ शनिबार


१९ वर्षीया छात्राको मृत्युपछि विद्यार्थीको प्रदर्शन (भिडियाेसहित)

ललितपुर । जीपको ठक्करबाट मृत्यु भएकी १९ वर्षीया छात्राको दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले सडक अवरुद्ध गरेका छन् ।सहपाठीको मृत्यु भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले बुधबार जावलाखेलमा सडक अवरुद्ध पारेका हुन् । दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।

स्नातक पहिलो वर्षमा अध्ययनरत १९ वर्षीया अञ्जु दाहाललाई आज बिहान नक्खु, बागडोलमा जीपले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएपछि जीपले उनलाई ‘ब्याक’ गरेर मारेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जीप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

दाहाललाई बिहान स१ज ५६७ नम्बरको जीपले ठक्कर दिएको थियो । जीप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

भिडियाे

तस्बिर: हनिशराज पन्त/ जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…