Logo बैशाख ७, २०७८ मंगलबार


गोंगबुमा हत्याकाण्डकी अभियुक्त कल्पना मुडभारीलाई आजीवन जेल सजाय

काठमाडौँ । कृष्णबहादुर बोहोराको गोंगबुमा भएको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभारीलाई आजीवन जेल सजाय सुनाइएको छ ।

जिल्ला अदालत काठमाडौंले ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

रोल्पा रून्टीगढी गाउँपालिका–७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटी सुटकेशमा राखेर सडक छेउमा फ्याँकेको अवस्थामा शव बरामद भएको थियो । साउन २५ गते भएको उक्त अपराधमा गोंगबु निवासी ३७ वर्षीया कल्पनाको मूख्य हात रहेको प्रमाणित भएपछि उनलाई जेल चलान गरिएको थियो ।

फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिनुभयो ।

त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन् नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।