Logo बैशाख ३१, २०७८ शुक्रबार


उद्घाटन नहुँदै खरानी भयो फर्निचर उद्योग

भीम चौधरी
कैलाली । धनगढीमा उद्घाटन नहुँदै एक फर्निचर उद्योग जलेर खरानी भएको छ । धनगढी उपमहानगरपालिका–४, चटकपुरमा उद्घाटनको अन्तिम तयारीमा रहेको आलोक मल्टी कन्सर्न फर्निचर उद्योगमा आज (शनिवार) अपरान्ह आगलागी हुँदा जलेर खरानी भएको हो ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायतको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको संयुक्त प्रयासमा आगो नियन्त्रण आएको छ । आगो नियन्त्रण आएपनि केही फर्निचरका सामग्री बाहेक सबै जलेर खरानी भएको छ ।

भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको उद्योगमा आगलागी हुँदा तीन करोड बढीको क्षती भएको बताइएको छ ।
फागुन महिनाभित्रै उद्घाटनको तयारी थालिएको उद्योगमा हालसम्म तीन करोड लगानी भइसकेकोमा उद्घाटनसम्ममा पाँच करोड लगानी थपिन सक्ने अनुमान सञ्चालकहरुको थियो ।

उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपूर्ति गर्ने गृहकार्य थालेका थिए । अगाडिको भागमा शो रुम र पछाडिको भागमा उद्योग रहेको सो उद्योगमा हालसम्म २२ जना कामदार कार्यरत रहेको बताइएको छ ।

उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले क्षतीको विवरण हालसम्म आइनसकेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…