Logo जेठ ३, २०७८ सोमबार


‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु हाेला’

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्न  पार्टी कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।

एमालेले आजबाट २ दिनका लागि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबारे गलत प्रचार हुनसक्ने संकेत गर्दै सचिव भट्टराईले तोकिएको समय र स्थानमा कार्यकर्तालाई भेला हुन स्पष्ट पार्नुभएको हो ।

‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ’ सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेख्नुभएको छ ।

पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आजबाट गर्न लागेको कार्यकर्ता भेलालाई प्रभावित पार्न प्रधानमन्त्री ओली समूहले गलत प्रचार गर्न थालेपछि भट्टराई सामाजिक सञ्जालमार्फत भेलाबारे भ्रममा नपर्न अनुरोध गर्नुभएको हो ।

मंगलवार साँझदेखि भट्टराई र एमाले प्रचार विभागको नाममा पार्टीको लेटरप्याडमा भेला स्थगित भएको र पार्टी एकताका लागि पहल भइरहेको व्यहोरा लेखिएको एक पत्र ‘भाइरल’ बनाइएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

हेनुहोस्, खनाल-नेपाल समूहको भेला स्थगित भएको भनेर ‘भाइरल’ बनाइएको पर्चा :

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…