Logo बैशाख ३१, २०७८ शुक्रबार


‘मेलम्चीको पानी सुन्दरीजल आइपुग्नु नै अग्रगमन हो’

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मेलम्चीको पानी सुन्दरीजल आइपुग्नु अग्रगमन भएको बताउनुभएको छ । प्रतिनिधि सभाको आज (शुक्रवार) को बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले राजधानीबासीले मेलम्चीको पानी खान पाउनु अग्रमणको उदाहरण भएको बताउनुभएको हो ।

काठमाडौंका जनताले वर्षौंदेखि पर्खिरहेको मेलम्ची खानेपानी आयोजनाको पानी केही दिन पहिले सुन्दरीजल आइपुगेको बताउँदै उहाँले अर्को साताबाट राजधानीबासीको घरघरमा त्यो पानी पुग्ने दाबी गर्नुभयो।

ओली नेतृत्वको सरकारले हात पारेको मुख्य उपलब्धीको रुपमा मेलम्ची आयोजना रहेकाे उहाँकाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…