Logo बैशाख २, २०७८ बिहीबार


उच्च हिमाली भेगमा पाईने जडीबुडी तथा वन्यजन्तु लोप हुँदै

आशिष बहादुर सिंह
बझाङ । सुदुरपश्चिमका उच्च हिमाली भेगमा पाइने जडिबुडी तथा बन्यजन्तु लोभ हुँदै गएका छन् । विभिन्न प्रजातिको बिरुवा भोजपत्र लगायतलाई सरकारले संरक्षित वनस्पतिकै रूपमा सूचीकृत गरेको छ । यार्सा संकलन क्रममा इन्धनका लागि धुपीको दाउरा बढी प्रयोग हुने गर्छ भने भेडाच्याङ्ग्राको आहाराका लागि भोजपत्रका रूख ढाल्ने गरिन्छ ।

बझाङ जिल्लाको उच्च हिमाली क्षेत्रका जंगलमा चैतदेखि असोजसम्म ३५ हजारभन्दा बढी भेडाच्याङग्रा खुला रूपमा चराउने गरिएको छ । भेडालाई पात खुवाउनका लागि सिङ्गै रूख ढाल्ने चलनका कारण भोजपत्र सकिएको हो । भोजपत्र मात्र होइन, यस क्षेत्रका अन्य बिरुवाहरू पनि लोप हुँदै गएका छन् ।

डिभिजन वन कार्यालयको रेकर्ड केलाउने हो भने हरेक वर्ष जडीबुटी घट्दै गएको पुष्टि हुन्छ । कार्यालयका अनुसार प्रतिकिलो १५ हजार रुपैयाँसम्ममा बिक्री हुने वनलसुन, १२ हजार प्रतिकिलोमा बिक्री हुने सतुवा र लाखौँ मूल्यका गुजरगानो, सेतकचिनी, मुस्ली, कटुकी, जटामसी, वज्रदन्तीलगायत जडीबुटी वन विनाश र अव्यवस्थित दोहनका कारण लोप हुने अवस्थामा पुगेका छन् । ०६४ सालयता जिल्लाबाट बर्सेनि २४ देखि ३० प्रकारका जडीबुटी निकासी भइरहेकोमा हालसम्म आइपुग्दा ८ प्रकार जडीबुडी मात्र निकासी हुने गरेको छ ।
दुई/चार वर्षअघि गाउँनजिकै प्रशस्त पाइने डाँफेलगायतका पन्छी र जंगली जनावरहरू आजभोलि मुस्किलले देखिने गरेको बुङ्गल नगरपालिका– २ का आनन्द धामीले बताउनुभयाे । उहाँका अनुसार, ’केही वर्षपहिलासम्म रतुवा, घोरल, झारल, थारल, बँदेल, डाँफे, कालिज, हरिण, मृग र डाँफेलगायतका पशुपन्छी गाउँसम्मै आउँथे तर अहिले लेकतिर पनि विरलै भेटिन्छन् ।

लेकाली वन उनीहरूको बसोबासस्थल भएको र वन नासिँदै गर्दा लोप हुने अवस्थामा पुगेका छन् । एकातिर वन विनासले जनावरको वासस्थान मासिएको छ भने अर्कोतिर चोरी सिकार हुने भएकाले वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् ।

पारिस्थितिक प्रणाली नै खतरामा

हिमाली भेगको जंगल विनाश हुँदै गर्दा यहाँको पारिस्थितिक प्रणाली पनि खतरामा परेको छ । एउटा जनावर, पन्छी वा वनस्पतिको संख्यामा कमी आउनेबित्तिकै त्यसमा आश्रित अर्को जनावर तथा वनस्पतिलाई पनि जीवनचक्र सञ्चालनमा समस्या उत्पन्न हुने वन तथा भू–संरक्षण विभागका रेन्जर विराट लम्सालको भनाइ छ ।

हिमाली वनक्षेत्र ६ देखि ८ महिनासम्म हिउँले ढाकिन्छ । हिँउ पग्लिए पनि अत्यधिक जाडो हुने भएकाले बिरुवा हुर्कन धेरै समय लाग्छ । तराई र मध्यपहाडमा हुर्केको जत्रै बिरुवा हिमालमा हुर्कनका लागि वर्षौं लाग्छ । कुनै बोटबिरुवाका प्रजाति अध्यधिक चिसोमा हुर्कने र कुनै गर्मी तथा ठिक्कको मौसममा हुर्कने हुन्छन् । हिमालमा पनि एकनासको मौसम रहँदैन । पहाडी भागमा २ वर्षमा हुर्केको बिरुवाजतिको पुग्न हिमालीक्षेत्रमा झण्डै दोब्बर समय लाग्ने उनी बताउँछन् ।

हिमालीे जंगल मासिँदा यसको असर पुतलीको जीवनचक्रमा परेको हुन्छ । जसले गर्दा यार्सागुम्बा उत्पादनमा पनि ह्रास आउन सक्छ । प्राकृतिक बासस्थान र फूल फुल्ने प्रजातिका बिरुवाहरूको कमी हुँदै जाँदा पुतलीको जीवनचक्रमा असर पर्छ । यसले यार्साको उत्पादन प्रभावित हुन्छ । बिरुवाहरू परिपक्व नहुँदै विनाश हुने भएकाले कतिपय बोटबिरुवा तथा जडीबुटीको बिउसमेत राम्ररी बन्न पाएको हुँदैन । रूखको छायाँ र ओसिलोपना पाएर झाडी प्रजाति उम्रिएका हुन्छन् ।

झाडीको आश्रय पाएर जमिनमा अन्य जडीबुटी र घाँस उम्रन्छ । रूख मासिँदै जाँदा तिनीहरूको जैविक सम्बन्धमा पनि खलल पुग्ने गरेको उनी बताउँछन् । विभागले जडीबुडी संकलनका लागि पुर्जी दिँदा कुनै पनि जडीबुडी पूरै उत्खनन गर्न नपाइने । एक प्रकारको जडीबुडी निकाल्दा अर्को प्रकारको जडीबुडीलाई असर नपर्ने गरी निकाल्नेलगायतका विभिन्न मापदण्ड तोकेर दिने गरेका छौं ।

यस विषयमा डिभिजन वन कार्यालय चनाखो हुनुपर्ने हो । जथाभावी वन दोहन हुँदा हिमालीक्षेत्रमा पाइने विभिन्न प्रजातिका बुट्यान तथा बहुमूल्य जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।