Logo बैशाख २९, २०७८ बुधबार


कविता : बच्चाहरु

-ईश्वरी कार्की वर्षा

विभिन्न च्यानलले
पस्किने गरेको छ
कार्टुनका मिठा मिठा
व्यञ्जनहरू

डेढ दुई वर्षका बच्चाहरू
नसरी बामे
नहिंडी टुकुटुकु
थालेका छन उड्न

ठान्छन् आफूलाई
आइरन म्यान
सुपर म्यान ।

बोली राम्रो नफुटे पनि
छिट्टो चलाउँछन्
हातखुट्टा
सुपर म्यानको
सुपर पावर देखाउँदै ।

प्रविधिले चाँडै
प्रबुद्ध बनाएछ
बच्चाहरुलाई समेत

अचेल कोक्रोमा नभइ
ट्याबलेट, आइफोन, आइप्याड,
र ,मोवाइलमा व्यस्त भेटिन्छन्
बच्चाहरु ।

सायद
समयले नै बताउँनेछ
अबका
बच्चाहरुको भविष्य !

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…