Logo बैशाख ७, २०७८ मंगलबार


उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री आलेको निर्देशन

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चितवनको गैंडा गणनामा ध्रुवे नाम गरेको जंगली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

मन्त्री आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा दीपककुमार खराललाई भेटगरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिनुभएको हो । गैंडा गणना कार्यमा निकै सजगता अपनाउनसमेत उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

यसैगरी मन्त्री आलेले उक्त धु्रवे नाम गरेको जंगली हात्ती कुन ठाउँमा छ त्यसका बारेमा यकीन जानकारी लिएर तथा आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै गैंडा गणनाको कार्य अगाडि बढाउनसमेत निर्देशन दिनुभयो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जंगली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका थिए ।

राष्ट्रिय निकुञ्जका प्रमुख डा खरालका अनुसार धु्रवे हात्तीले लखेटेर घाइते हुनेमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्ला हरिपुर नगरपालिका–७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौतहट चन्दनपुर नगरपालिका–७ का ५१ वर्षीय प्रेमलाल कहार चौधरी रहेका छन् । घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको अवस्था गम्भीर रहेको र उहाँको काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

जंगली हात्तीको आक्रमणमा परी गैंंडा गणनामा गएका कर्मचारी घाइते भएपछि आज एक दिनका लागि सो क्षेत्रको गैंडा गणना कार्य रोकिएकोसमेत प्रमुख डा खरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।