Logo बैशाख ३१, २०७८ शुक्रबार


संसारकै भूताहा हाेटलकाे रहस्य

एजेन्सी । उत्तर कोरिया चमत्कारपूर्ण कानून र मिसाइलहरुको परीक्षणका कारण विश्वभर प्रसिद्ध छ । यहाँ मानिसलाई चकित पार्ने अन्य धेरै कुराहरु पनि छन् जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ । ती मध्ये पिरामिड आकार भएको एउटा गगनचुम्बी भवन जुन एउटा होटल हो । यसको नाम रयुगयोंग हो तर यसलाई यू–क्यूंगको नामले पनि चिनिन्छ ।

उत्ता कोरियाको राजधानी प्योगयोगमा रहेको तीन सय ३० मिटर अल्गो यस होटलमा एक सय पाँच वटा कोठा छन् । तर आजसम्म कोही पनि मानसि यहाँ बसेका छैनन् । बाहिरबाट अत्यन्तै शानदार देखिने यो हाटल भित्र भने भुत बस्ने ठाउँ जस्तो लाग्छ । यस होटललाई ‘१०५ बिल्डिङ्ग’ को नामले पनि चिनिन्छ । केही वर्षपहिले अमेरिकी म्यागाजिन ईस्क्वाइयरले यस होटललाई ‘मानव इतिहासकै सबैभन्दा खराब भवन’ भनेको थियो । यस होटल निर्माण गर्न धेरै पैसा खर्च भएको छ । जापानी मिडियाका अनुसार उत्तर कोरियाले यस भवन निर्माणका लागि सात सय ५० मिलियन डलर अर्थात करिब ५५ अर्ब रुपैयाँ खर्च गरेको थियो । यो रकम त्यस समयको उत्तर कोरियाको जीडीपीको दुई प्रतिशत थियो । यति खर्च गरे पनि अहिलेसम्म यो होटल शुरु हुन भने सकेको छैन ।

हुन त यस होटललाई विश्वको सबैभन्दा अल्गो होटलको रुपमा बनाउन थालिएको थियो । तर अहिले यसको छुट्टै पहिचान बनेको छ । अब मानिसहरु यस होटललाई ‘विश्वको सबैभन्दा अल्गो उजाड भवन’ भन्छन् । यसै विशेषताका कारण यस भवनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत समावेश गरिएको छ । यदि यस होटललाई समयमै सम्पन्न गरिएको भए यो होटल विश्वको सातौँ सबैभन्दा अल्गो भवन र सातौँ अल्गो होटलको रुपमा चिनिने थियो । यस भवनको निर्माण कार्य १९८७ मा शुरु भएको थियो । बीबीसीका अनुसार त्यसबेला दुई वर्षमा भवन निर्माण पूरा हुने कुरा थियो । तर विभिन्न कारणले यस्तो हुन सकेन । १९९२ मा होटल निर्माणको काम रोकियो किनकी त्यस समय उत्तर कोरिया आर्थिक रुपमा अत्यन्तै कमजोर बन्दै गएको थियो ।

२००८ सालमा उक्त भवन फेरि बनाउन शुरु गरियो । त्यतिका वर्षपछि निर्माण शुरु गर्दा भवनलाई व्यवस्थित गर्न नै ११ अर्ब रुपैयाँ खर्च भयो । भवनमा सिसाको प्यानल लगाइयो, बाँकी रहेका सानातिना काम गरियो । मिडियाका अनुसार उत्तर कोरियाले त्यसबेला २०१२ सम्ममा निर्माण पूरा हुन्छ भनेको थियो तर वास्तवमा त्यसबेला पनि पूरा हुन सकेन । त्यसपछि होटल निर्माण नै रोकियो र फेरि शुरु हुन सकेको छैन । अझै पनि केही अधुरा काम बाँकी छन् । नत अधुरा निार्मण कार्य नै पूरा भयो न त आजसम्म होटल नै खुल्यो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…