Logo जेठ ३, २०७८ सोमबार


संक्रमितकाे उपचार गर्नबाट सरकार पन्छिन खाेजेकाेमा साझा पार्टीकाे आपति

काठमाडौं। कोरोना संक्रमितलाई अस्पतालको बेड उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाइ प्रति विवेकशील साझा पार्टीले आपति जनाएको छ । विवेकशील साझाले शनिबार विज्ञप्ति जारी गरी कोरोनाबाट सिर्जना भएको जटिल परिस्थितिसँग जुध्न राज्यले हरसम्भव उपाय गर्नुपर्नेमा यसरी लत्तो छोड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर भन्दै सरकारको भनाइमा आपत्ति जनाएको हो।

विज्ञप्तिमा ‘कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हरसम्भव उपाय लगाई नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार संक्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो’ उल्लेख छ।

पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा पार्टीले सरकारलाई संक्रमण नियन्त्रणका लागि स्थगित खोप कार्यक्रम फेरि शुरु गर्न र काठमाडौंसहित देशका प्रमुख निजी अस्पतालहरुमा उपचारको व्यवस्था गरी त्यहाँका स्वास्थ्य जनशक्तिलाई पनि उपचारमा उपयोग गर्नुपर्नेलगायत ६ बुँदे सुझावसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…