Logo जेठ ३०, २०७८ आइतबार


महामारी फैलिनुमा बहुराष्ट्रिय कम्पनी जिम्मेवार

काठमाडाैं । शासकहरू जनताको स्वास्थ्यभन्दा बहुराष्ट्रिय निगमको नाफालाई लिएर बढी चिन्तित हुन्छन्
अहिले हामी भूमण्डलीकरणको समयमा बाँचिरहेका छौँ । भूमण्डलीकरणले संसारलाई आर्थिक रूपमा दुई खण्डमा बाँडेको छ– पहिलो उत्पादनको खण्ड र दोस्रो उपभोगको खण्ड । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विकासशील देशहरू अहिलेको समयका उत्पादनका केन्द्र हुन् भने उपभोगको केन्द्रमा पहिलो विश्वका सम्पन्न देश रहेका छन् ।

विकासशील देशमा श्रमशक्ति, जमिन र अन्य स्रोतहरू ठूलो मात्रामा उपलब्ध छन् । तेस्रो विश्वका देशहरूमा रहेका उत्पादनका साधनहरूको मूल्य सम्पन्न देशका साधनहरूको तुलनामा अत्यन्तैै न्यून छ । यही कारण बहुराष्ट्रिय कम्पनीहरू विकासशील देशमा आकर्षित भइरहेका छन् । विकासशील देशमा उपलब्ध जमिनको सस्तो मूल्यलाई उपयोग गर्दै बहुराष्ट्रिय कम्पनीहरूले कृषि र पशुपालनको क्षेत्रमा पनि ठूलो लगानी भिœयाएका छन् । पछिल्ला दशकमा चीन, भारत, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिकाजस्ता देशहरू संसारको औद्योगिक उत्पादनको केन्द्र मात्र नभएर कृषि उत्पादनको केन्द्र पनि बनिरहेका छन् ।

युनाइटेड नेसन्स युनिभर्सिटीको इन्स्टिच्युट अफ वाटर, इनभारमेन्ट एन्ड हेल्थको प्रतिवेदनअनुसार अहिलेकै बिलासी उपभोगको स्तरलाई कायम राख्न पछिल्लो १० हजार वर्षमा पृथ्वीमा उत्पादन भएजति खाद्यान्न अब आउने ३० वर्षमा उत्पादन गर्नुपर्ने बाध्यता छ । सन् २००८ मा संसार आर्थिक मन्दीको चपेटामा थियो, तर सोहीे समयमा खाद्यान्नको मूल्य आकासिएको थियो । विश्व बैंकको रिपोर्टअनुसार सन् २००५ देखि सन् २००८ को तीन वर्षको अवधिमा खाद्यान्नको मूल्य ८३ प्रतिशतले बढेको थियो । सन् २०११ मा पनि खाद्यान्नको मूल्यमा भारी वृद्धि भएको थियो । एसियाली विकास बैंकका अनुसार जुन २०१० देखि फेब्रुअरी २०११ को बीचमा विश्वमा खाद्यान्नको मूल्य ४०।४ प्रतिशतले बढेको थियो ।

आर्थिक क्षेत्रका अन्य पाटाहरू तहसनहस भइरहँदा पनि खाद्यान्नको माग र मूल्यमा भएको वृिद्धले बहुराष्ट्रिय पुँजीलाई नयाँँ आशा देखाएको छ । २००८–०९ को वित्तीय संकटपछि सेयर र वित्तीय क्षेत्रमा आफ्नो असुरक्षा देखेको बहुराष्ट्रिय पुँजी लन्डन, न्युयोर्क र हङकङजस्ता सहरबाट तीव्र गतिमा तेस्रो विश्वका गाउँमा बसाइँ सर्दै छ र आफूलाई कृषि र पशुपालनमा केन्द्रित गरिरहेको छ । खुकुलो सरकारी नियमन, सरकारी संस्थानहरूको बहिर्गमन र निजीकरण, देशभित्रका उद्योग र व्यवसायलाई दिइने अनुदानको खारेजी, निर्यात करको अन्त्य आदि सर्तहरू चढेर बहुराष्ट्रिय कम्पनीहरू तेस्रो विश्वमा भित्रिरहेका छन् ।

अल्पविकसित मुलुकको कृषिमा बहुराष्ट्रिय पुँजी भित्रिन थालेको पछिल्लो दशकमा मात्र भने होइन । नवउदारवादको उदयसँगै सन् १९८० र ९० को दशकबाट नै बहुराष्ट्रिय कृषि कम्पनीहरूले दक्षिणका गाउँहरूमा डेरा जमाउन थालिसकेका थिए । पछिल्लो दशकको आर्थिक मन्दीले त यसको गतिलाई सघन पारेको मात्रै हो ।

अहिलेसम्मको इतिहासमा पुँजी र शक्ति सञ्चयका लागि सुन, चाँदी, पेट्रोलियम, खनिज आदि रणनीतिक महत्वका स्रोतहरू रहँदै आएका थिए । बहुराष्ट्रिय कम्पनीहरूको प्रवृत्ति रणनीतिक महत्वका स्रोतहरू आफ्नो कब्जामा ल्याउने र पुँजी सञ्चयका लागि त्यसको निर्मम दोहन गर्ने हुन्छ ।

बहुराष्ट्रिय कम्पनीहरूले कसरी काम गर्छन् भनेर बुझ्न दक्षिण अमेरिकाको एउटा उदाहरण हेर्न सकिन्छ । बोलिभिया, उरुग्वे, पारग्वे, अर्जेन्टिना र ब्राजिलको विशाल भूभागमा बहुराष्ट्रिय कम्पनीहरूले भटमासको खेती गर्छन् । त्यो भूगोलमा सम्बन्धित देशका सरकारहरूको काम बहुराष्ट्रिय कम्पनीहरूसँग कर असुल्ने मात्र हुन्छ । त्यहाँको नियम र कानुनहरू बहुराष्ट्रिय कम्पनीहरू आफँै बनाउँछन् र लागू गर्छन् । त्यसैले पाँचवटा देशका भटमास उत्पादन हुने एकीकृत भूगोललाई ‘सोयबिन रिपब्लिक्स’ भन्न थालिएको छ । खाद्यान्न र पानीको प्रचुरता ‘सोयबिन रिपब्लिक्स’को सबैभन्दा सबल पक्ष हो । ‘सोयबिन रिपब्लिक्स’को जमिनमुनि संसारकै सबैभन्दा ठूलो भूमिगत पानीको स्रोत छ, जसलाई ‘गरानी एकिफर’ भनिन्छ । त्यहाँँको उर्वर जमिन र पानीको स्रोतलाई बहुराष्ट्रिय कम्पनीहरू कब्जा गरेर बसेका छन् ।

समकालीन विश्वमा पेट्रोलियम सबैभन्दा महत्वपूर्ण रणनीतिक स्रोत हो । पेट्रोलियममाथि प्रभुत्व जमाउन संसारभरिको पुँजीको टकराव खाडी क्षेत्रमा केन्द्रित छ । जनसंख्याको बनोट र जलवायु परिवर्तनले गर्दा अब आउने वर्षमा खाद्यान्न र पानी रणनीतिक महत्वका स्रोत बन्ने निश्चित छ । तपमान वृद्धि र मरुभूमीकरण बढिरहेको समयमा उर्वर जमिन र जलस्रोतले सम्पन्न ‘सोयबिन रिपब्लिक्स’ जस्ता भूगोलहरू निकट भविष्यमा खाडी क्षेत्रको स्थितिमा पुग्ने अनुमान गर्न सकिन्छ । याे समाचार राजेन्द्र खरेलले नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…