Logo जेठ ३०, २०७८ आइतबार


कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट गर्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरले बुधबार विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा लिनसक्ने अवस्था नरहेकाले आन्तरिक मुल्यांकन विधिबाट परीक्षा गर्न निर्देशन दिएको हो ।

महनगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले जारी गर्नुभएको सूचनामा पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिमा २० प्रतिशत गरी परीक्षाको मुल्यांकन गर्न भनिएको छ ।

विद्यार्थीको विषयगत मूल्यांकन विवरण जेठ २५ गतेभित्र महानगरपालिको शिक्षा शाखामा पठाउन भनिएको छ ।

महानगरपालिकाले यसअघि पनि असार १ बाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भन्दै अन्य कक्षाका विद्यार्थीको विभिन्न विधिमार्फत जेठ मसान्तभित्र परीक्षा नतिजा प्रकाशन गर्न निर्देशन दिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…