Logo असार ४, २०७८ शुक्रबार


चलचित्र ‘डमरुको डण्डीबियो’ अब नि:शुल्क हेर्न पाइने

काठमाडाैं। खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको स्व. छेतेन गुरुङ्ग निर्देशित नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’ अब नि:शुल्क हेर्न पाइने भएको छ ।

कोभिड-१९ को दोस्राे लहरसँगै भएको लकडाउनको समयमा नेपालमा बस्ने दर्शकको लागि सिनेमाघर एपमा यो चलचित्र निशुल्क उपलब्ध गराईएको हो ।

चलचित्रका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ‘सिनेमाघर एप’ को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि भनेर ‘डमरुको डण्डीबियो’ नि:शुल्क हेर्न मिल्ने व्यवस्था मिलाएको बताउनुभयाे ।

‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि यो समय निकै नै कठीन र चुनौतीपूर्ण छ ।

घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ । त्यो समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर यो चलचित्र नि:शुल्क हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ’, लामिछानेकाे भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…