Logo जेठ ३०, २०७८ आइतबार


‘एकका लागि एक’ अभियाननले स्थापना गर्यो अक्सिजन बैंक

झापा । झापामा ‘एकका लागि एक’ अभियाननले अक्सिजन बैंक स्थानपना गरेको छ । सहारा नेपालको चारपानेस्थित कार्यालयमा स्थापना गरिएको अक्सिजन बैक बुधबार देखि सञ्चालनमा आएको हो ।

अभियानले बुधबारसम्म १ करोड ५३ लाख ७५ हजार आर्थिक सहयोग जुटाएको छ । देशभित्र र बाहिर बसेका नेपालीले १ सिलिन्डर बराबर १५ हजारका दरले अभियानलाई सहयोग गरेका थिए । संकलित रकमबाट ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको अभियानका संयोजक महेन्द्र गिरीले बताउनु भयो । उहाँका अनुसार थप २ सय सिलिन्डर ल्याउने तयारी भइरहेको छ । सिलिन्डर खरिद गरेर बाँकी रहेको रकम कोभिड नियन्त्रणकै लागि खर्च गरिने र अभियानसँग भएका सिलिन्डर जिल्लाका अस्पताल, आइसोलेशन सेन्टर र सर्वसाधरणलाई उपलब्ध गराइने संयोजक गिरीले बताउनु भएको छ ।

अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने बताईएको छ । रिफिलका लागि ८ सय रुपैयाँ अभियानले लिएर सिलिन्डर उपलब्ध गराइने छ । सरकारी, निजी क्षेत्र र उद्योगी ब्यवसायीको सहयोगमा अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने अभियानले योजना बनाएको संयोजक गिरीले बताउनु भयो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटनपछि यसले पूर्णता पाएको हो । उद्घाटन कार्यक्रम अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख र झापा जिल्ला सहकारी संघले ५ लाख सहयोग उपलब्ध गराएको छ । कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिन्डर अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्न जनस्तरबाट आर्थिक सहयोगको आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।