Logo जेठ ३०, २०७८ आइतबार


कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा फैलियो, फेरि गाउँबाट शहरमा फैलने त्रास

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको निष्कर्ष निकालेको छ ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

निषेधाज्ञा खुकुलो बनेपछि फेरि गाउँबाट शहरमा फैलने त्रास सिर्जना भएको उहाँले बताउनुभयो ।

अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा धेरै सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो १४ दिनमा पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेकाले गाउँमा कोरोना फैलिएको पुष्टि भएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कुल सङ्क्रमितमध्ये ४८ दशमलव ८ प्रतिशत महिला र ६१ दशमलव २ प्रतिशत पुरुष छन् । २१ देखि ५० वर्ष उमेर समूहमा सङ्क्रमणदर धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…