Logo जेठ ३०, २०७८ आइतबार


सय मुलुकलाई कोरोना खोप वितरण गर्दै अमेरिका !

काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ५० करोड डोज खोप विश्वका एक सय मुलुकमा वितरण गर्ने भएको छ । अमेरिकाले फाइजर–बायोएनटेकले विकास गरेको खोप सय मुलुकमा ५० करोड डोज वितरणको लागि फाइजरसँग सम्झौता गरेको हो ।

अन्तराष्ट्रिय संचार माध्ययमका अनुसार खोप विश्वभर समानरुपमा वितरणको लागि अघि सारिएको कोभ्याक्स कार्यक्रममार्फत निम्न तथा कम आय आएका मुलुकमा जानेछ । साथै अफ्रिकन युनियनलाई पनि केही खोप प्रदान गरिने बताईएको छ । अमेरिकी राष्ट्रपति बाइडन विश्वभर अमेरिकाको प्रभाव पुनः फर्काउने रणनीतिमा अघि बढिरहेको अवस्थामा अमेरिकाले वितरण गर्न लागेको खोप पनि सोही रणनीतिको एक हिस्सा भएको बताईएको छ ।

अमेरिकाको यो योजना अनुसारको २० करोड डोज खोप यसै वर्ष वितरण गर्ने र बाँकी ३० करोड डोज खोप अर्को वर्षको सुरुवाती ६ महिनाभित्र वितरण हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…