Logo जेठ ३०, २०७८ आइतबार


प्रधानमन्त्री ओलीविरुद्ध एकैदिन सर्वोच्चको महत्वपूर्ण ३ फैसला, संसद पुनर्स्थापनाको मुद्दा के होला ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतले विहीवार एकैदिन ३ वटा फैसला दिएको छ ।

नागरिकता सम्बन्धी अध्यादेश, कर्णालीमा फ्लोर क्रस गरेर कारवाहीमा परेका ४ सांसदको पद पुर्नबहाली र एमाले महाधिवेशन कमिटिलाई अवैधानिक घोषणा गरेर सर्वोच्चले तीन वटा महत्वपूर्ण निर्णय गरेको हो । अदालतले प्रधानमन्त्रीविरुद्ध तीनवटा महत्वपूर्ण फैसलाहरु गरेकै दिन उहाँका निकटका सारथी पृथ्वीसुब्बा गुरुङको सरकार पनि विश्वासको मत नपाएर ढलेको छ ।

प्रकाश ज्वालासहित चार जनालाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आन्तरिम आदेश दिँदै सर्वोच्चले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको हो ।

यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीको रुपमा बैधानिकता दिन अस्वीकार गरेको हो ।

यस्तै सर्वोच्चले कर्णाली प्रदेशमा फ्लार क्रस गरेर सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका छन् । सांसद नन्दबहादुर बुढा समेतले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले बिहीवार पद यथावत राख्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले विहीवार नै नागरिकता सम्बन्धी अध्यादेश तत्काल कार्यन्वयन नगर्न आदेश पनि जारी गरेको छ । संवैधानिक इजलासले यस प्रकारको विषय संसदबाटै विधेयक पारित भई ऐनबाटै हुनुपर्ने भन्दै सरकारले हालै जारी गरेको अध्यादेश कार्यन्वयनमा रोक लगाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

एकैदिन सर्वोच्चले प्रधानमन्त्री ओलीविरुद्ध दिएको आदेशले नेपाली राजनीतिक परिदृश्य फेरि तरंगित भएको छ ।

प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद विस्तारविरुद्ध पनि सर्वोच्चमा मुद्दा दायर भएको छ । यस्तै प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा अदालतमा वहस जारी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।