काठमाडौं । नेपालमा पहिलो पटक पानीको फोहोराबाट बोसो हटाउने प्रविधि भित्रिएको छ । काठमाडौंको बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिकले विश्वकै पछिल्लो अत्याधुनिक प्रविधि नेपालमा भित्र्याएको हो ।
यो प्रविधि (लिपोसक्सन) मा पानीको फोहोरा प्रयोग गरि पेट, कम्मर, तीघ्रा, हात वा घाँटीबाट बोसो हटाउन सकिने क्लिनिकले जनाएको छ । विश्वभरका प्रसिद्ध उपकरणहरूको मेडिकल उपकरण आपूर्तिकर्ता “द मल्ल इङ्क” ले यो प्रविधि ल्याएको हो ।
के हो लिपोसक्सन ?
लिपोसक्सन एक सर्जिकल प्रक्रिया हो जसले शरीरको पेट, कम्मर, तिघ्रा, हात, घाँटी जस्ता अन्य विशिष्ट अंगहरूबाट बोसो हटाउन सक्शन प्रविधि प्रयोग गर्दछ । यो नयाँ प्रविधिले बोसो हटाउन पानीको निरन्तर प्रवाहको प्रयोग गर्दछ ।
“यस बडी–जेट प्रविधि प्रयोग गरेर शरीरका अंगहरूबाट बोसो हटाउने प्रक्रिया मात्र दुई घण्टामा सुरक्षित, प्रभावकारी र सजिलो तरिकाले पूरा हुन्छ” हेल्दी च्वाइस क्लिनिकका डा उदिप श्रेष्ठ भन्छन्, “यस केन्द्रमा प्रयोग हुने विश्वको उत्कृष्ट उपकरणहरूले उच्च दक्षता सुनिश्चित गर्दछ । यसले पेट, कम्मर, भित्री तीघ्रा, बाहिरी तीघ्रा, घुँडा, बाछो, पीठ, हात, चिन जस्ता अंगहरूबाट धेरै मात्रामा बोसो हटाउन मद्दत गर्छ ।”
बडी–जेट प्रविधिले तातोपन उत्पन्न गर्दैन र छालालाई पनि जलाउदैन । वाटर–जेटको प्रवाह मिलाउन सक्ने हुनाले रक्तश्रापलाई पनि कम गर्दछ र घाँउ हुन तथा शरीरको अंगलाई सुन्निन कम गर्छ । त्यसैले, यसले उपचार पाईरहेको व्यक्तिको लागि उच्चतम सुरक्षा, आराम र दक्षताको ग्यारेन्टी गर्दछ,” द मल्ल इन्कका प्रबन्ध निर्देशक सजल मल्ल भन्छन् । द मल्ल इन्क नेपालमा लेजर प्रविधि भित्राउने मुख्य आपूर्तिकर्ता हो । यस कम्पनी अल्मा लेजर नामक विश्वकै अग्रणी स्थानमा रहेको लेजर प्रविधि कम्पनीको नेपालका लागि एकमात्र आयातकर्ता हो ।