–रम्भा पौडेल
चार हात भएकी, सेतो वस्त्र पहिरिएकी, हाँसमाथि चढेकी, चार हातमा वीणा पुस्तक, अक्षमाला र जलघडा लिएकी सरस्वती मातालाई सर्वप्रथम कोटी नमस्कार । तिम्रा चार हातको वर्णन यसै लेखमा गर्ने नै छुु ।
आज सब विद्यालय, घर, मठमन्दिर तथा अन्य स्थानमा यिनै सरस्वतीको पूजा–आराधना भइरहको छ । सरस्वती हामीलाई विद्या र बुद्घि देऊ ! विद्यार्थीहरु यही प्रर्थाना गरिरहको छन्– पूजा गरिरहेका छन् । सरस्वतीका हातले ज्ञान, विद्याबुद्धि, संगीत, कला र संस्कृति, सिकाई, वाक्कलाको प्रतिनिधित्व गर्दछन् ।
दशैँमा दुुर्गाको पूजा हुन्छ भने तिहारमा लक्ष्मीको । हिन्दू धर्मले शक्ति, धन र विद्या शक्ति देवका हातमा रहेको प्रष्ट व्याख्या गर्दछ । यी देवीहरुको पूजाले यो कुरा प्रष्ट पार्दछ । हिजोका ती पराक्रमी महिला जसले धन संचय,गरेर,विद्या आर्जन गरेर र शक्ति र पराक्रम देखाएर सवै शक्ति आफनो हातमा केन्द्रित गरे । आजका दिनमा महिला शक्तिहीन अवस्थामा छन् । किन ?
को हुन् त सरस्वती ?
हिन्दु धर्मशास्त्रका मिथकअनुसार यो सारा विश्वको सृजना ब्रह्माले गरे भनिएको छ यद्यपि विज्ञानले यो कुरालाई मान्दैन । सृष्टि त गरे तर त्यहाँ कुनै आवाज थिएन न त कुनै वाणी नै थियो । त्यस्तो उराठलाग्दो विश्वलाई कसरी रमणीय र संगीतमय बनाउने भनेर ब्रह्माले भगवान विष्ण्ुुासँग बिन्ती गरे भन्ने कथा पाइन्छ । विष्णुको सहयोगबाट ब्रह्माले सरस्वतीलाई मुखवाट सृजना गरे भन्ने कथा छ ।
सरस्वती र वसन्त पञ्चमीको सम्बन्ध
सरस्वतीलाई प्रकृतिसँग जोडिएको छ । वसन्तपञ्चमी सस्वतीको जन्म दिन । आजदेखि वसन्त ऋतुुको आगमन । वसन्त लागेपछि चिसाले कठ्यांग्रिएर बसेका चराहरु आनन्दपूर्वक आकाशमा उड्न थाल्छन् । हिउँ पग्लिएर नदी कलकल गर्दै बग्न थाल्छन्, बोट–बिरुवामा नयाँ पालुवा पलाउन र वनमा फूलहरु फुल्न थाल्छन् । अर्थात् प्रकृति सुन्दर, रमणीय र संगीतमय बन्न थाल्छ । ज्ञानको स्रोत प्रकृति नै हो र यसैबाट सबै प्राणीका सिकाइको शुरुवात हुुने भएकोले वसन्त पञ्चमी ज्ञानको शुरुवातको दिन हो । यस अर्थमा प्रकृति नै सरस्वती हुन् । सरस्वती नै प्रकृति हुन् भन्ने बुझिन्छ । महिला सौन्दर्यको प्रतीकको पनि रुपमा वसन्त ऋतुलाई लिइन्छ ।
के छन् त, सरस्वतीका चार हातमा
सरस्वतीका चार हातको वर्णन गर्नुले हाम्रो इतिहासले महिलालाई सम्मान गरेको कुरा स्पष्ट हुन्छ । ज्ञान, विद्या, संगीत र योगकी देवीको रुपमा सरस्वतीको पूजा गरिन्छ । नौ दुुर्गामध्ये एक देवीका रुपमा उनको पनि पूजा गरिन्छ । तर वसन्त पञ्चमी विशेष मानिन्छ ।
सरस्वतीे कमलको फूलमा बसेको प्रतीकको अर्थ हो– हिलोमा पनि सुन्दर फूल फुल्न सक्छ । एउटी आमाले कैयौं दःुख–पीरलाई दबाएर विद्याको सुन्दर रुप आफ्ना सन्तानलाई दिन सक्छिन् भन्ने अर्थ पनि लगाउन सकिन्छ । कमल हिलोमा उम्रन्छ । अज्ञानीका साथमा बस्दा पनि ज्ञानीले सबैलाई सुुगन्धित बनाउन सक्छ भन्ने भाव यसमा रहेको देखिन्छ ।
हाँसमाथि सरस्वती बस्नुको अर्थ बेग्लै छ । हाँस एउटा मात्रै यस्तो प्राणी हो जसले पानीमा दूध मिसाएर दिंदा छुट्टयाए् दूध मात्र पिउन सक्छ । ज्ञानी मानिसले मात्र सारतत्व छुट्याउन सक्छ भन्ने भाव यसमा रहेको छ ।
त्यस्तै सरस्वतीको सेतो वस्त्रले शुुद्घता र सामथ्र्यलाई प्रस्तुत गर्दछ । सेतो मात्र यस्तो रंग हो जसमा सात वटै रंग मिसिएका छन् । विद्याले यस्तो सामथ्र्य राख्छ जसले जीवनलाई रंगीन र आनन्दित बनाउन सक्छ भने जीवनका कठिन मोडमा कठिनाईसंँग पनि मिलेर बस्ने क्षमता प्रदान गर्छ । यी सबै सामथ्र्य महिलारुपी सरस्वतीमा छ भन्ने अर्थ बुझ्नुपर्दछ ।
यस्तै सरस्वतीले हातमा लिएकोे वीणाले विद्याज्ञान मात्र होइन संगीत कला र संस्कृतिको पनि जगेर्ना गर्न मद्दत गर्दछ भन्ने झल्काउँ छ । एउटी महिलाको मधुर वाणीमा संसार संगतमय बन्दछ, संसार नै रमणीय लाग्दछ । यस्तै सरस्वतीको हातमा रहेको मालाले योग र ध्यानको माध्यमबाट विद्यालाई दिगो र जीवनलाई लोभ–लालच, ईष्र्या र घृणारहित सरल जीवन निर्माण गर्न सकिन्छ भन्ने अर्थ दिन्छ । यो नै जीवनको सारतत्व हो । यसैले जीवनलाई तनावबाट मुक्त बनाई सुखी जीवन निर्माणमा सहयोग पुुग्छ । महिलामा हजारौं दुःख र तनावलाई पचाएर जीउने कला हुन्छ भन्ने भाव पनि सरस्वतीको प्रतीकमा झल्किएको छ ।
सरस्वतीको अर्काे हातमा रहेको जलको घडाले सृिष्टको अनिवार्य तत्वलाई प्रतिनिधित्व गर्दछ । विद्या शीतल जलजस्तै शुद्ध र स्वच्छ हुन्छ यसले जीवनलाई निर्मल बनाउन सहयोग गर्दछ । जलले आगोलाई निभाउँछ । एउटी महिलामा पनि आगो जस्तो ज्वालालाई निभाएर शान्त बनाउने र परिवारलाई सुुख र शान्तिमय बनाउने कला रहेको हुन्छ भन्ने भाव यसमा रहेको छ । यसर्थ विद्याजस्तो ठूलो कुरा संसारमा अर्को केही छैन । भनिन्छ– स्वदेशे पूज्यते राजा, विद्वानं सर्वत्र पूज्यते । विद्या, बुद्घि, ज्ञान, धन, शक्ति र साहसले जीवन सफल बनाउन सकिन्छ । यी सबैको संचय गर्न सक्ने खुवी महिलामा छ भन्ने कुरा इतिहासमा पुजिएका लक्ष्मी, सरस्वती र दुुर्गाको रुपबाट स्पष्ट भएको छ । इतिहासले तिनै महिलालाई पुजेको छ ।
आजका महिलाका कति हात छन् ?
सरस्वतीका चार हातले महिलाले गर्ने विविध कर्मलाई देखाएको छ । आजका महिलाको त चार मात्र हैन बाह्रवटा हात छन् भन्न सकिन्छ । अहिलेकी एउटी महिलाले घरमा खाना बनाउने, भाँडा माझ्ने , लुुगा धुने, श्रीमान्, सासू–ससुुरा, बालबच्चालगायत परिवारका सबैको चित्त बुुझाउने, हतार गर्दै कार्यालयमा पुुग्ने, कार्यालयका सबै काम पुरुषसरह गर्ने, बजार जाने र किनमेल गर्ने, घरको खर्च चलाउने, चाडपर्वमा नलनाता छरछिमेक सबैलाई यथाशक्य सम्मान र स्वागत गर्ने र सामाजिक तथा राजनतिक गतिविधिमा सहभागी हुने । महिलाका काम गनी नसक्नुका छन् ।
आजको दिन साना नानीबाबुहरुलाई अक्षर लेख्न र पढ्न शुरु गराइन्छ । आजका सबै बालबालिकाहरुमा पनि सरस्वती, लक्ष्मी र दुर्गा बन्ने शक्ति मिलोस् । सबै बाल–बालिकाहरूमा सरस्वती पूजाको शुुभकामना !