कपिलवस्तु । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले पहिलो पटक खेलकूद सप्ताह आयोजना गरेको छ।लुम्बिनी विश्वविद्यालय केन्द्रीय क्याम्पसले लुम्बिनी पर्सामा पहिलो पटक खेलकुद सप्ताह आयोजना गरेको छ।
खेलकुद सप्ताहको उद्घाटन गर्दै क्याम्पस प्रमुख नीर बहादुर गुरुङले खेलकुदले लुम्बिनी गर्नुभएको थियो ।
खेल सप्ताहको उदघाटन समारोहलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख गुरुङले सम्पूर्ण विद्यार्थीहरुलाई यो कार्यक्रम विश्वविद्यालयकै लागि पहिलो आयोजना भएकोले यसको सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग र सहभागीता आवश्यक रहेको बताउनुभयो ।
उहाँले खेल सप्ताहले विश्वविद्यालयको गरिमा बढाउने, शैक्षिक विकासमा सहयोग पुग्नुका साथै मैत्रीभाव, करुणाभावको विकास गर्ने, शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभयो।
केन्द्रीय क्याम्पसको स्थापाना दिवसको पूर्वसन्ध्यामा आयोजित यो कार्यक्रम आजदेखि ५ दिन सञ्चालन हुनेछ । कार्यक्रममा क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस, व्याडमिण्टन, चेस, स्लो साइकल रेस, चेस, डोरी तान्ने र स्पोन रेस गरी ११ वटा खेल प्रतियोगिता समावेश गरिएको छ ।
केन्द्रीय क्याम्पसमा अध्ययनरत विटिटिएम, विए, ग्रामिण विकास भोट बौद्ध अध्ययन कार्यक्रम अन्तर्गत सबै सेमेष्टरका विद्यार्थीहरुको सहभागीता रहेको क्यापस प्रमुख निरबहादुर गुरुङले बताउनुभयो ।
प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहेको छ ।