नेपालको कुनै ठाउँका राजा बली लामो समयको युद्धले थलिएर निकै बिरामी परे । तिहार आयो । दिदी टीका लगाउन माइती आइपुगिन् दिदीले टीकाको तयारी गर्दै थिइन् । त्यत्ति नै बेला यमराज राजा बलीलाई लिन आइपुुगे र भने, “बली, तेरो मिति पुग्यो, हिँड मसँग ।”
–रम्भा पौडेल
समाजलाई कुन दिशातर्फ हिडाउने ? नयाँ पुस्तालाई आफ्नै चाड, धर्म र संस्कृतिमा कसरी रमाउने बनाउने ? यो कुरा पुरानो पुस्ताको हातमा छ भने नयांँपुस्ता प्रत्येक पुरानो पुस्ताको साथमा छ । आफ्नै साथमा भएको नयाँ पुुस्तालाई आफनो देश, धर्म, संस्कृति, चाड–पर्व मनाउने तरिका र आफ्नै देशमा बाँच्ने बनाउन पुरानो पुस्ताले सकेको छैन । हाम्रा बाउबाजेले भने आफूले गरिखाएको पेशा अनि धर्म र संस्कृति आफना छोरा सन्ततिमा सारेकै थिए तर अहिले हामीले आफ्ना सन्ततिलाई देश चिनाउन बाँकी नै छ । त्यसैले हरेक दिन देश छाडेर टाढा पुगेका छन् अहिलेका युवाहरू ।
हाम्रा चाडपर्व र धर्म संस्कृतिले नै हाम्रो देशलाई सीमापारिका मुलुकसम्म चिनाउने काम गर्छन् । त्यसैले यी हाम्रा गौरव र चिनारी हुन् । आफ्नो धर्र्म सस्कृतिलाई जोगाउँदै नयाँ पुस्तामा हस्तानतरण गर्ने र त्यसमा परिमार्जन गरी नयाँ पुस्ताले रुचाउने बनाउनु अहिलेको आवश्यकता हो ।
आफ्नो देशको धर्म–सँस्कृति र चाड–पर्वहरुको माया सवै नेपालीलाई छ । त्यसैले त बर्षमा एक दिन भएपनि रमाउने र भेटघाट गर्ने अवसर दिएको छ । चाडको महत्वले नै देश छाडेर टाढा पुुगेका नेपाली दाजुुभाइ दिदीबैनी पनि चाड सम्झेर घर र्फकने र पारिवारिक मीलनमा रमाउने नेपाली परम्परा अझै जिवितै छ ।
भर्खैरै दशैं सकिएको छ र तिहारको रमझम लाग्दै छ । यतिबेला दिदीबैनीहरु आफ्ना दाजुभाइलाई सम्झने तयारी गर्दै छन् । टीका, माला मीठा–मीठा खानेकुरा र उपहार के दिने भनेर किनमेल गर्दैछन । बिजुली बत्तिले बजार झिलिमिलि बन्दैछ । विदेश बसेर नेपाल आउन नपाएका दिदीबैनीहरु उतैबाट आशीर्वाद र दीर्घ जीवनको कामना गर्दैछन् भने देउसी–भैलोमा गीतहरु घन्किरहेका छन् ।
तिहार र भैली अनि देउसिरे गीतमा प्रयोग हुने मिथकहरु थुप्रै छन् । कागतिहार, कुकुरतिहार, गाईतिहार, लक्ष्मीपूजा, गोवर्धनपूजा र भाइटीका गरेर तिहार मनाउने चलन युगौंदेखि चलिआएको छ । कागलाई सूचनाको सम्वाहक, कुकुरलाई घरसंरक्षक, गाइलाई समृद्धि र धन–दौलतको रुपमा, गोरुलाई कृषिकर्मको संवाहकको रुपमा र भाइटीका दाजुभाइको सुख, समृद्धि र दीर्घ जीवनको कामना तथा दिदी–भाइ तथा दाजु–बैनीको प्रगाढ ममताको प्रतिबिम्वको रुपमा तिहारलाई मनाइन्छ । दिदीबैनीहरुले मीठा परिकारहरु बनाउने, उपहार दिने, फुलमाला र सप्तरंगी टीका लगाइ दिएर दाजुभाइको सुखमय जीवनको कामना गर्ने चलन छ । घरको मूलढोकामा ओखर फोडेर टुक्रा पारी शत्रुु–बैरीहरु नास होउन् भन्ने कामना गर्ने परम्परा रहिआएको छ ।
पुरानो कथा अनुसार कश्यप ऋषिकी श्रीमती दितीबाट जन्मिएका छोरा बलि राजा भए । पछि उनी अत्यन्त उचित शिक्षा–दिक्षाका कारण स्वर्ग, मत्र्य र पाताल तिनै लोकको युद्ध जितेर चक्रवर्ती सम्राट भएका थिए । इन्द्रको आसन पनि उनैले अधिनस्थ गरेका थिए । उनी अत्यन्त दानी र परोपकारी पनि थिए । आफ्नो दरबारमा आएका जोकोहीलाई पनि रित्तो हात फर्काउँदैनथे । उनी तीनै लोकमा प्रिय थिए । यो देखेर जनता भगवान विष्णु कहाँ पुुगेर बलीलाई यस्तो शक्ति दिन नहुने भनेर बिन्ति बिसाए । एक दिन राजा बलीले महायज्ञ गर्ने योजना बनाए र सवैतिर निम्तो पठाए । त्यस निम्तोमा विष्णुुले जाल गरेर बामन बालकको रुप धारण गरेर गए । यज्ञ सम्पन्न भयो । सबैले राजाको यज्ञबाट केही न केही लिएर गए । राजाले ती बालकलाई सोधे बालक तिमी के चाहान्छौ माग । बालकले, “मलाई केही चाहिँदैन महाराज, तीनपाइला जमिन दिए पुुग्छ” भने । यो सुनेर बलीले भने, “मेरो यत्रो तिनलोकमा तपाईलाई तीन पाइला जमिन त के हो र ? अरु माग्नु होस् ।” तर ती बालकले भने, “मलाई यत्ति भए पुुग्छ महाराज ! म कहाँ टेकु ?” ती बामनले एक पाइला धर्तीमा टेकेपछि अर्को पाइला आकाशमा पु¥याए पछि बलीराजालाई सोधे, “महाराज, म अर्को पाइला कहाँ राखौं ?” बलिराजा झस्किए र बुझिहाले पक्कै पनि यो बिष्णुको जाल हो तर पनि बचनका पक्का बलि पछाडि हटेनन् । उनले तेस्रो पाइला आफ्नो शीरमा राख्न भने । यही कथा अनुसार ‘देउ शिर’ भन्दै देउसिरे भन्ने चलन चलेको र बलीलाई शिरमा टेकेर पाताल पु¥याएको भन्ने भनाई रहेको छ ।
बढी शक्तिशाली र दानी भएकोले बली पातालमा भासिएको कथा तिहारले बोकेको छ । बली राजालाई बर्षको एकपटक पातालबाट धर्तीमा आउने अनुमति दिइयो । उनै बली तिहारको बेला आउँदा बत्तिको झिलिमिलिले स्वागत गरेर देउसिरे गाउने चलन चलेको कथा छ । यस कथासंग जोडिएको एउटा भैली गीत यस्तो छ–
दिने भए तिन पाउ जमिन देउ दान
दिन्नौ भने क्यै छैन फर्किन्छुु आफ्नैमा
यो राज्य र स्वर्गलोक मेरै हो
यति साना पाउले के मागेको हो ?
बोलेको बचन पूरा गर्न
गुुरुको बचन पनि तोडिदिए
जहाँ टेक्नुहुन्छ टेक्नुहोस् पाउ हजुरका
आकाश एक, अर्काे पाउ जमिन
अर्काे पाउ कहा राखौ?
त्यसो भए देउ शिर टेकाउँछुु
देऊ शीर रे –देउसिरे
तिहारमा मखमलीको माला तेलको धारा लगाउने र ओखर फोर्ने कथा यस्तो छ :
नेपालको कुनै ठाउँका राजा बली लामो समयको युद्धले थलिएर निकै बिरामी परे । तिहार आयो । दिदी टीका लगाउन माइती आइपुगिन् दिदीले टीकाको तयारी गर्दै थिइन् । त्यत्ति नै बेला यमराज राजा बलीलाई लिन आइपुुगे र भने, “बली, तेरो मिति पुग्यो, हिँड मसँग ।” यो देखेर दिदीले विलाप गर्दै यमराजलाई बिन्ति गर्न थालिन् । “हे यमराज, कति वर्षमा म माइत आएकी छुु । भाइलाई पूजा गर्न र टीका लगाइदिन दिनुहोस् । नत्र मलाई पनि सँगै लैजानुहोस् ।” बलिराजाकी दिदीको प्रार्थना सुनेर यमराजको पनि मन पग्लियो र टीका लगाउञ्जेल कुर्ने बचन दिए । दिदी जमुनाले तिहारको टीकाको तयारी गरिन् र यमराजलाई पनि सँगै राखेर टीका लगाउन थालिन् । उनले तोरीको तेलको घेरा बनाइन् र भाइलाई त्यै घेराले छेकिन् । अनि सप्तरंगी टीका र मखमली फूलको माला लागाइदिइन् । बिरामी भाइलाई मिठा परिकार पनि खुवाइन् । यमराजलाई पनि टीका र मीठा परिकार दिइन् । टीका लगाइसकेपछि यमराज खुशी भएर जमुनालाई भने, “म तिमीदेखि अति प्रसन्न भएँ । के माग्छौ माग ।” भनी सोध्दा उनले आफ्नो भाइको आयु लामो बनाउने जुक्ति निकालेर भनिन्, “मखमली माला र तेलको धारा जहिले सुक्छ, त्यहीबेला मेरो भाइलाई लैजानुहोला” । यमराजले धेरै समय कुर्दा पनि तेलको धाराको घेरा सुकेन, मखमली फूलको माला पनि सुकेन । त्यसपछि यमराज रित्तै फर्किएको र बलिराजाको जीवन जोगिएको कथा छ । भाइटीका सम्बन्धी यस्ता अनेकन कथा छन् ।
परिवारभित्रको माया र ममताले काललाई पनि जित्न सकिन्छ भन्ने सन्देश भाइटिकासम्बन्धी अनेकन कथाले दिएका छन्। दिदी र भाइको अमर पे्रमको कथा तिहारले बोकेको छ । आमा–बाबापछिका सन्तान दिदी बैनी र दाइभाइ नै हुन्छन्। उनीहरुको बीचको मेल र सदभावले नै परिवार राम्रो बन्छ । पारिवारिक एकताले काललाई पनि जित्न सकिन्छ भन्ने सदभाव यस पर्वले बोकेको छ । त्यसैले भाइका शत्रुुबैरी नासको कामना गर्दै दैलोमा ओखर फोरिन्छ र दीर्घ जीवनको कामना गरिन्छ । देउसिरे गीत सम्बन्धी केही हरफ यस्ता छन् जसले दिदी र भाइ वीचको प्रेमलाई देखाउछन्–
हे यमराज बचन पुरा होस्
फलोस फुलोस जीवन ज्योति होस् ।
यो दिदीको माया हो हेरन
जुनी जुनी हुनेछ सम्झना ।
छायाले
भाइलाई राम्रो दिदीको मायाले
तिहारै झलल ।
सामाजिक सद्भाव, एकता, मेलमिलाप र पारिवारिक खुशी बाड्नमा यस चाडको ठूलो महत्व रहेको छ । नेपाली समाजमा मनाइने जुनसुकै चाड किन नहोउन् ती सबैमा सामाजिक एकता , पारिवारिक मिलन, समुदायको अपनत्व, खुशी साटासाट र मनलाई आनन्दित बनाउने कुरामा महत्वपूर्ण छन् । चाडबाडहरू बिग्रेका सम्बन्ध सुधारका माध्यम पनि हुन् ।
देशको सामाजिक–साँस्कृतिक संरचनालाई जोगाइ राख्नमा यी चाडहरूको महत्वपूर्र्ण भूमिका रहन्छ । समग्रमा भन्नुपर्दा चाडहरुको संरक्षण राष्ट्रको अस्तित्व र पहिचानसंग जोडिएको हुनाले राज्यले पनि कर्मचारीहरुलाइ बिदा दिएर चाड मनाउन थप रकम दिने गरेको छ ।
सम्पूर्ण नेपाली दाजुुभाइ तथा दिदीबहिनीहरुले एकअर्काका सुख दुःख आपसमा बाँडुन् र हातेमालो गरेर अगाडि बढुन्। रोग, भोक र शोकबाट माथि उठुन् । सप्तरंगी टीकाले सबै दाजुभाइ–दिदीबैनीहरूको जीवन रंगीन बनोस् भन्दै यो भैली गीतसंगै सबैमा पुनः शुभकामना ।
लिन्छु जिम्मा गाइदिन्छुु जय
मेरो भाइलाई मिल्नेछ विजय
लाईदेउ दिदी टीका र माला
तिम्रो माया अमर रहिजाला
मेरो मायाले आँटेको पुग्ला
कुनै दिन संसारै झुकिजाला