काठमाडौं । कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमै चार जनाको निधन भएको छ । सोमबार बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको राती सुतीरहेका बेला विषालु सर्पले टोकेरे निधन भएको थियो ।
निधन हुनेमा १२ वर्षीय दीपक भुसाल र नौ वर्षीय प्रदीप भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनु भयो । दुवैजना एकतले घरको भुइँमा आफ्नो हजुरआमासँगसुतेका थिए ।
दुई दाजुभाइ बिहानबेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नहुँदा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमै र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताउनु भयो ।
नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिनुभयो ।
मृतक दुवै दाजुभाइकी आमा वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेको रबुबाको भने यसभन्दा अगाडि नै दुर्घटनामा परी निधन भएकोप्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
यस्तै, सोमबार बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट निधन भएको छ । सर्पले डसेलगत्तै उहाँलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि तौलिहवा जिल्ला अस्पताल पठाइएको थियो तर त्यहाँका चिकित्सकले ढिलो भएकाले बचाउन नसकिएको बताउनु भएको थियो ।
सोमबार नै महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भएको छ । दिउँसोको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उनलाई गोमन सर्पले डसेको थियो । लगत्तै उपचार केन्द्रमा उपचारका लागि लगिएकोा र त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उनको पनि बाटोमै मृत्यू भएको प्रहरी निरीक्षक शाहीले बताउनु भयो । तराईका जिल्लाहरुमा वर्षातको सुरुवातसँगै सर्पको बिगबिगी पनि बढि रहेको छ ।