अर्जुन बिष्ट
रुकुम पश्चिम । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर पठनपाठन शुरु गरिएको छ । भूकम्पले क्षति बनाएको विद्यालयमा मंगलबारदेखि पठनपाठन शुरु गरिएकाे हाे।
पढाइ शुरु भएपनि त्रिपालमुनि बस्नु पर्दा विद्यार्थीहरू अझै त्रसित देखिन्छन्।
रूकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भूकम्पले असर पुर्याएपछि अस्थायी संरचना निर्माण गरेर पढाइ शुरू गरिएकाे छ ।अहिले भूकम्पले क्षति भएका विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । केही विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण कार्य भइरहेकाले खुल्ला चौरमा बसेर पढाई शुरु गरिएको छ । पढाई शुरु भएपनि अधिकांश विद्यार्थीमा डर त्रास कायमै रहेको छ ।
रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकामा रहेका ६४ वटा विधालयमा भूकम्पले क्षति पुर्याएको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले बताउनुभयाे । उहाँका अनुसार आठबिसकोट नगरपालिकाभित्रको भूकम्प प्रभावित विद्यालयमा पठनपाठन शुरु भएको जानकारी दिनुभयाे।
आंशिक क्षति पुगेको विद्यालयमा अवस्था बुझेर पठनपाठन शुरु भएको र पूर्णरूपमा क्षति पुगेको ठाउँमा अस्थायी सिकाइ केन्द्र बनाएर पढाइव शुरूभएको उहाँले बताउनभयाे । नगरपालिकाभित्र ५२ विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ। क्षाति भएका विद्यालयहरूमा एक सया ३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको बिष्टले बताउनुभयाे ।
विद्यालय खोलेपनि लागि अहिले विद्यार्थी मा त्रास पैदा भएको छ । भूकम्पको त्रासले गर्दा बालबालिका अस्थायी सिकाई केन्द्र र त्रीपाल मुनि बसेर पढ्दा समेत त्रसित हुने गरेको पाईन्छ । रातमा त्रिपालको बास र दिनभरी विद्यालयमा पनि पालमुनि पढाई हुँदा बालबालिकाहरुमा मानसिक असर पर्ने देखिएको छ । अधिकांश विद्यार्थीको किताबसमेत घरभित्र पुरिएको अवस्थामा रहेको छ। रुकुम पश्चिम र जाजरकोटका अधिकांश विधार्थी चिसोका कारण बिरामी पर्न थालेका छन ।
पठनपाठनका लागि किताब नभएका विद्यार्थीलाई किताब उपलब्ध गराएर पढाई शुरूरु गरिएको छ । आधारभुत विद्यालयमा बालबालिकाहरु खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य छन् । आठबिसकोट १४ स्थित आदर्श मावि घेत्मामा बालकक्षा (इसीडी) देखि १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयको एउटा मात्रै रहेको भवन भूकम्प पछि क्षतविक्षत भएको थियो । भएको एउटै मात्रै पक्की भवन पनि भूकम्पका कारण जोखिमपूर्ण भएपछि भूकम्प पछिको आपतकालीन अवस्थामा विभिन्न संघसस्थाको सहयोगमा बनाइको अस्थाइ टहरा र खुल्ला आकाशमुनि नै बसेर पठनपाठन गर्नु विद्यार्थीकाे बाध्यता रहेकाे शिक्षकहरूकाे गुनासाे छ ।
आठबिसकोट नगरपालिकामा पाँच हजार बढी विद्यार्थी भूकम्पबाट प्रभावित बनेका छन् भने ११ जनाको मृत्यु भएको छ । विद्यालयका शौचालय, सोलार सिस्टम, घेराबार, आईसीटी ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशालामा क्षति पुगेको छ भने अधिकांश भवनमा क्षति पुगेकाे छ ।