कन्चनपुर । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण मुलुकमा अराजकता बढेको बताउनु भएको छ। कन्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले संविधानको मूल मर्म अनुरुप देश अघि बढ्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दै वर्तमान सरकारले आफ्नो औचित्य प्रुष्टि गर्न नसकेको जिकिर गर्नु भयो।
नेता ढकालले सीमा अतिक्रमण तथा राष्ट्रियता माथिको ठाडो हस्तक्षेपमा सरकार मुकदर्शक रहेको बताउनुभयाे। देश भित्रै रोजगारी सृजना गरेर युबाहरुलाई प्रोत्साहित गर्नु पर्नेमा सरकारकै गलत रबैयाको कारण युबाहरु विदेशिने संख्या बढ्दै गएको उल्लेख गर्नुभयाे। नेता ढकालले अन्तराष्ट्रिय मंचहरुमा नेपालको उपस्थिति अत्यन्त कमजोर रहेको तर सरकारले देशको प्रतिष्ठा बढाऊन कुनै पहलकदमी नलिएको प्रति चिन्ता ब्यक्त गर्नुभयो।
ढकालले देशमा नैतिकताको खडेरी परेको बताउदै असल आचरण र दुरदृस्टी भएका नेताहरुको पहिचान गरी समर्थन गर्न पनि आग्रह गर्नुभयो। प्रतिनिधिसभाका सदस्य समेत रहेका ढकालले अब सदन र सडक दुवै ठाउबाट सरकारलाई थप सचेत बनाउने र नसच्चिए विकल्पको खोजि गर्नु पर्ने धारणा राख्नुभाे।
जनताको जीवन स्तरमा सुधार ल्याउन नसक्ने सरकारलाइ एक मिनेटपनि सत्तामा बस्ने नैतिक अधिकार हुँदैन भन्दै अब पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर हिमालदेखि दक्षिण मधेश सम्मका जनता एकजुट भएर देश निर्माणमा जुट्नु पर्छ भन्नुभयो।
उहाँले सामाजिक सद्भाव बिथोल्ने, नेपाली बीच फाटो ल्याउने तथा झुटो आश्वासन दिएर अराजकताको सृजना गर्ने तत्वहरुलाइ देशब्यापी रुपमा बहिस्कार गर्नु पर्ने बताउनुभयाे। ढकालले नेपालको आर्थिक बिकासको लागि कृषिमा आधुनिकीकरण र पर्यटनको बिकासको गुरु योजना आबस्यक रहेको समेत बताउनुभयाे। ढकालले नेपाललाई आर्गानिक स्टेटको रुपमा विकास गरी सिंगो देशलाई एक सुन्दर प्राकृतिक म्युजियम र रिसोर्टको रुपमा विकास गर्न बृहतर राजनीतिक सहमति आबस्यक रहेको समेत धारणा ब्यक्त गर्नु भयो।
पुनर्बास नगरपालिका वडा नम्बर ८ का सबै निर्बाचित प्रतिनिधि नेपाल परिवार दलमा प्रवेश
कन्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ का सम्पुण निर्बाचित जनप्रतिनिधिहरु नेपाल परिवार दलमा प्रवेश गरेका छन्। परिवार दलका अध्यक्ष एकनाथ ढकालले उनीहरुलाई दलको सदस्यता प्रदान गर्दै वडाको विकास निर्माण र स्थानीय जनताको पिर मर्कामा सेवा गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो। नेता ढकालले स्थानीय बिकासमा आफुले समेत पहल गर्ने बताउनुभयो।
परिवार दलमा प्रवेश गर्नेमा वडा अध्यक्ष राना श्रवण र वडा सदस्यहरु दिपेश मल्ल दुलेराम राना, देवी कार्की , लक्ष्मी सुनार छन्। त्यसैगरी, गत प्रतिनिधि सभामा कंचनपुर -३ वाट स्वतन्त्र उम्मेदवार रहेका पुराना कांग्रेश नेता मदन नेपाली लगाएत विभिन्न राजनैतिक दल परित्याग गरी २ सयजना भन्दा बढीले नेपाल परिवार दलमा प्रवेश गरेका छन्। सबैलाइ अध्यक्ष ढकालले सदस्यता तथा टिका लगाएर पार्टी प्रवेश गराउनुभएकाे हाे।
नब प्रवेशी हरुलाई नेता ढकालले परिवार दल उत्तेजना र आवेगको माध्यमवाट नभई संयमता र बिबेकको माध्यम वाट अघि बढ्ने राष्ट्रबादी तथा बिकास बादी पार्टी भएकोले उच्च अनुशाशनमा रही राजनैतिक तथा सामाजिक क्रियाकलाप गर्न निर्देशन दिनु भयो। नेता ढकालले देशमा कुनै योगदान नभएकाहरु सस्तो र चर्को कुरा गर्दै हिडेर जनता भड्काउने काम गरेकोप्रति खबरदारी गर्न पनि नागरिकलाई सचेत गराउनुभयो।
कार्यक्रमममा परिवार दल सुदूरपश्चिम प्रदेश संयोजक खडक सिंह नगरी, केन्द्रीय सदस्यहरु बिष्णुकुमारी बिक, धर्मबहादुर रोकाया, कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियार, कैलाली अध्यक्ष बिशाल चौधरी, बैतडी अध्यक्ष सुदर्शन भट्ट, डोटी अध्यक्ष नरेश नागरि, महिला नेत्रीहरु सीता पाठक, इन्दिरा राना, माया चौधरी, प्रदेश नेता करण सिंह चयडा, पिस फोर्सका अजय जैरु लगाएतको सहभागिता रहेको थियो।
संबिधानसभामा २ सभासद रहेको नेपाल परिवार दल संबिधान जारीसँगै नेकापा एमालेसँगको सहकार्यमा छ र एमालेकै समर्थनमा दलका अध्यक्ष ढकाल बर्तमान संघीय संसद्को सदस्य हुनुहुन्छ। ढकाल अन्तर्राष्ट्रिय सम्बध तथा पर्यटन समितिको सदस्य हुनुहुन्छ।
पूर्वमन्त्री ढकालले शहीद गोबिन्द गौतमको शालिकमा पुगी माल्यापर्ण समेत गर्नुभएकाे छ। साथै ढकाल परिवार दल कंचनपुरले आयोजना गरेको शान्ति तथा सद्भाब र्यालीमा समेत सहभागी हुनुभएकाे थियाे।