काठमाडाैं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको दुई दिने साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष ड. विजय कुमार पौडलले पेश गर्नुभएको अध्यक्षको प्रतिवेदन, लेखा परीक्षकले पेश गरेको लेखा परीक्षकको प्रतिवेदन र भावी दिनमा संस्थालाई प्रभावकारी रुपमा अगाडि बढाउने सम्बन्धी विभिन्न प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । साधारणसभाले प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले पेश गर्नुभएको संस्थाको भावी कार्ययोजना पनि सर्वसम्मत रुपमा पारित गरेको छ ।
![vlcsnap-2024-03-28-16h47m13s044-1711625468.png](https://www.janatasamachar.com/uploads/posts/vlcsnap-2024-03-28-16h47m13s044-1711625468.png?timestamp=1711625470005)
साधारणसभावाट एक महिला सहित पाँच जना सञ्चालकहरु निर्विरोध निर्वाचित हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खडानन्द कँडेलले नवनिर्वाचित सञ्चालकहरुको नामावली घोषणा गर्नुभएको थियो भने निर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत वरिष्ठ पत्रकार टंक पन्तले टीका र खादाका साथ स्वागत तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमुख निर्वाचन अधिकृत खडानन्द कँडेल, निर्वाचन अधिकृत टंक पन्त र लक्ष्मी दाहालले नवनिर्वाचित सञ्चालकहरुलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
![](https://www.janatasamachar.com/uploads/editor/2024-03-28/113144799vlcsnap-2024-03-28-16h47m00s863.png)
नवनिर्वाचित सञ्चालकहरुमा डा. विजयकुमार पौडेल, लंकबहादुर केसी, उदया शर्मा पौडेल, काँशीराज पौडेल र विकास बहादुर थापा हुनुहुन्छ । अन्य चार जना सञ्चालक र लेखा परीक्षक नियुक्त गर्ने अधिकार साधारणसभाले सञ्चालक समितिलाई दिएको छ ।
साधारणसभाका लागि प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता खडानन्द कँडेल, निर्वाचन अधिकृतमा वरिष्ठ पत्रकार टंक पन्त र लक्ष्मी दाहाल रहनुभएको थियो ।
![](https://www.janatasamachar.com/uploads/editor/2024-03-28/113204683vlcsnap-2024-03-28-16h46m44s064.png)
साधारणसभामा शेयरधनीहरुले वर्षको एक पटक साभारणसभामा आउने मात्र नभइ लगानी गरेको प्रतिफल आउने गरी गम्भीर भएर काम गर्न नेतृत्व समक्ष सुझाव दिएका थिए, उनीहरुले सधैँ घाटा मात्र लाग्यो भन्ने कुरा आगामी दिनमा सुन्न नपरोस् भनी ध्यानाकर्षण पनि गराएका थिए ।
नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठक शुक्रबार बस्ने जानकारी निवर्तमान अध्यक्ष डा विजयकुमार पौडेलले दिनुभएको छ ।
![janata-(9)-1711625655.png](https://www.janatasamachar.com/uploads/posts/janata-(9)-1711625655.png?timestamp=1711625678038)
![janata-(7)-1711625647.png](https://www.janatasamachar.com/uploads/posts/janata-(7)-1711625647.png?timestamp=1711625730704)
![janata-(8)-1711625647.png](https://www.janatasamachar.com/uploads/posts/janata-(8)-1711625647.png?timestamp=1711625730704)
![janata-(4)-1711625639.png](https://www.janatasamachar.com/uploads/posts/janata-(4)-1711625639.png?timestamp=1711625730704)
![janata-(5)-1711625639.png](https://www.janatasamachar.com/uploads/posts/janata-(5)-1711625639.png?timestamp=1711625730704)
![001-1711625893.png](https://www.janatasamachar.com/uploads/posts/001-1711625893.png?timestamp=1711625908300)
![00001-1711625891.png](https://www.janatasamachar.com/uploads/posts/00001-1711625891.png?timestamp=1711625908300)
![janata-(1)-1711625632.png](https://www.janatasamachar.com/uploads/posts/janata-(1)-1711625632.png?timestamp=1711626077601)