दशैँः हुनेखानेलाई खुशी, नहुनेलाई पीडा

आनन्द पौडेल
चितवन । नेपालीहरुको घरघरमा हर्षोल्लासका साथ छाएको महान चाड दशैँले चेपाङ समुदायलाई खुशी भन्दा पीडा दिएको छ । हुँदा खाने वर्गका यस समुदायलाई दशैँ आउँदा समेत मिठो मसिनो खानका लागि दाताको भर पर्नुपर्ने अवस्था छ ।

चितवनको पहाडी क्षेत्र चेपाङ समुदायको बाहुल्यता भएको क्षेत्र हो । यस क्षेत्रमा उत्पादन भएको अन्नले वर्ष दिन खान समेत पुग्दैन । साना लालाबालाहरुले पिरोल्दा भने उनीहरुलाई चाडपर्व खल्लो लाग्ने गर्दछ ।

चितवनको पहाडी क्षेत्रमा कोदो, मकै, फापर, केही तरकारी र सामान्य रुपमा दलहन जस्ता खाद्य वस्तुहरु उत्पादन हुने गर्दछ । ज्यालादारी गरेर भएपनि खाँदै आएका चेपाङहरुको मुख्य समस्या भनेको उनीहरुले सरसफाईमा ध्यान नदिनु हो ।

चेपाङ समुदायको आर्थिक अवस्था सुधार गर्नका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । तरकारी खेती, भैँसीपालन तथा फलफूल खेतीका लागि स्थानीय सरकारले सहयोग गर्दै आएको छ । इच्छाकामनामा १५ प्रतिशत परिवारको मात्रै वर्षभरि खाने अन्न उब्जाउ हुन्छ ।

जंगलमा गएर गिठा भ्याकुर खोजेर जीविकोपार्जन गर्दै आइरहेका चेपाङ समुदायको अवस्थामा केही सुधार आएपनि उनीहरु पूर्णरुपमा आत्मनिर्भर भएका छैनन् । विभिन्न गैरसरकारी संस्थाहरुले चेपाङको विकासका लागि भन्दै गरेको सहयोगको राम्रो प्रतिफल आउन सकेन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

तिनिधिसभा सदस्य पार्वत गुरुङलाई काठमाडौ जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।